८ श्रावण २०८३, शुक्रबार | Fri Jul 24 2026

रसुवा जिल्ला मालपोत कार्यालयद्धारा १२ थान लिखत रजिष्ट्रेसन पारित

११ असार, रसुवा । रसुवा जिल्ला मालपोत कार्यालयबाट प्रवाह हुने सेवाअन्तर्गत बन्दाबन्दी अवधिमा बाह्र थान रजिष्ट्रेसन पारित भएको छ । पारित भएका लिखतमध्ये १० थान बैँकवित्तीय संस्थाको धितो बन्धक र दुई व्यक्तिव्यक्तिबीच जमीनको भूस्वामित्व फेरबदल रहेको मालपोत कार्यालयका प्रमुख गणेश श्रेष्ठले जानकारी दिनुभयो ।


सेवा लिन आउने सेवाग्राहीलाई सामाजिक दूरी राखेर कार्य सम्पन्न गरी पठाउने गरिएको बताइएको छ । यसैगरी यही असार १ गतेदेखि जिल्लाभित्र निर्माणाधीन जलविद्युत् आयोजना, विद्युत् प्रसारण लाइन तथा बेत्रावती, मैलुङ, स्याफ्रुबेँसी र रसुवागढी राजमार्गमा परेका जग्गाको व्यक्तिका नामबाट लगत कटृाका लागि यकिन विवरण तयार पार्ने कार्य भइरहेको नापी अधिकृत ध्रुव पौडेलले बताउनुभयो ।यस्तै लाङटाङ राष्ट्रिय निकुञ्जमा वन पैदावारसम्बन्धी सेवा लिनका लागि दैनिक एकदुई सेवाग्राही आउने गरेको बताइएको छ ।

प्रकाशित मिति : June 25, 2020 at 11:16 am