२७ माघ २०८२, मंगलवार | Tue Feb 10 2026

बेलायतमा ३ सय मानिसमा कोरोनाविरूद्धको खोप परीक्षण गरिदै

११ असार,  लन्डन । जनावरमा सफल भएसँगै बेलायतमा मानिसमाथि कोरोनाको खोप परीक्षण गर्ने तयारी सुरू भएको छ। लन्डनको इम्पेरियल कलेजमा ३ सय मानिसमाथि  कोरोना खोपको परीक्षण गर्ने तयारी भएको बिबिसीले जनाएको छ। यसको परीक्षणको नेतृत्व प्राध्यापक रविन शटोले गर्ने जनाइएको छ।

फाइल फाेटाे

बिबिसी समाचारका अनुसार जनावरमाथि गरिएको कोरोना खोप परीक्षण सफल भएको र यस खोपले मानिसको प्रतिरोधी क्षमता बढाउन  सहयोग पुर्‍याउने बताइएको छ। यतिखेर विश्वका १२० स्थानमा कोरोनाविरूद्धको खोप बनाउने  प्रयास भइरहेको छ। यी मध्ये १३ स्थानमा परीक्षणको तहमा पुगिसकेको छ। चीनमा पाँच, अमेरिकामा तीन, बेलायतमा दुई, अस्ट्रेलिया, रुस र जर्मनीका एक–एक स्थानमा तयार गरिएको खोप परीक्षणको तहमा पुगेको हो। यसका अलावा अस्ट्रेलिया, रूस र जर्मनीका १-१ खोप विकास कार्यक्रम यो तहमा पुगेको बिबिसीले आफ्नो समाचारमा उल्लेख गरेको छ।

प्रकाशित मिति : ११ असार २०७७, बिहीबार ०९:०५