गण्डकी प्रदेशमा थप ११ जनामा काेराेना पुष्टि, संक्रमितको संख्या ७५३ पुग्याे
११ असार, पोखरा । स्वास्थ्य निर्देशनालयले दिएको जानकारी अनुसार बिहीबार गण्डकी प्रदेशमा थप ११ कोरोना संक्रमित भेटिएका छन् । यो सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ७५३ पुगेको छ । चार जिल्लामा ११ कोरोना संक्रमित थपिएकाे स्वास्थ्य निर्देशनालय जनाएकाे छ ।

थपिएका काेराेना संक्रमितमध्ये म्याग्दीमा ६ जना, स्याङ्जामा १ जना, बागलुङमा २ जना र नवलपुरमा २ जना रहेका छन् । नवलपुरका संक्रमितलाई आइसोलेसनमा राखिसकिएको र अन्य जिल्लाका कोरोना संक्रमितलाई सम्बन्धित जिल्लाहरुमा रहेका आइसोलेसन कक्षमा लैजाने तयारी भइरहेको निर्देशनालयले जनाएको छ ।
प्रकाशित मिति : June 25, 2020 at 8:37 am



