८ श्रावण २०८३, शुक्रबार | Fri Jul 24 2026

नेपालमा थप १ जना कोरोना संक्रमितको मृत्यु, मृत्यु हुने संक्रमितकाे संख्या २५ पुग्याे

११ असार, काठमाडाैँ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमान्चल क्षेत्रीय अस्पतालको आईसीयूमा उपचाररत एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । स्याङ्जा जिल्ला सिरुवारी निवासी ५५ वर्षीय पुरुषको गएराति ११ः३५ बजे मृत्यु भएकाे अस्पताले जनाएकाे छ ।

फाइल फाेटाे

मृत पुरुष असार ८ गते आइसियूमा भर्ना भएका अस्पतालका निर्देशक डाक्टर अर्जुन आचार्यले जानकारी दिएका छन् । कोरोना पोजेटिभ देखिएका उनको शव व्यवस्थापनको तयारी भई रहेको छ । यसअघि पनि वालिङका एक पुरुषकाे कोरोनाको कारण ज्यान गएकाे थियाे ।यससँगै नेपालमा कोरोना  संक्रमणबाट मृत्यु हुने व्यक्तिहरुको संख्या २५ पुगेको छ ।

प्रकाशित मिति : June 25, 2020 at 7:51 am