नुवाकोटको तारकेश्वर गाउँपालिकाको सभामा कांग्रेस नेताले पत्रकार कुटे, क्यामरा फुटाइदिए
१० असार, नुवाकोट । नुवाकोट जिल्लाको तारकेश्वर गाउँपालिकाको गाउँसभामा पत्रकारमाथि कुटपिट भएको छ । गाउँसभामा निम्त्याइएका पत्रकारलाई कुटेर उनले प्रयोग गरेको क्यामरा समेत फुटाएका छन । कांग्रेसका नेताहरूले गाउँसभामा अबरोध गरिरहेको समाचार संकलन गरिरहेका पत्रकार सुजित भण्डारी माथि कुटपिट भएको हो ।

नेपाल पत्रकार महासंघ नुवाकोटका अध्यक्ष कपिलदेव खनालका अनुसार तारकेश्वर गाउँपालिका वडा नम्बर १, ३ र ६ का अध्यक्षले पत्रकार भण्डारीमाथि हातपात गर्दै क्यामरा फुटाइदिएको जानकारी दिएका छन । उनीहरू तीनै जना नेपाली कांग्रेसबाट निर्वािचत वडा अध्यक्ष हुन । पत्रकार भण्डारीलाइ नेपाली कांग्रेसका नेताहरूले हातपात गरेर क्यामरा फुटाएपछि दिनभरी नियन्त्रणमा लिएर रातिमात्र छाडेको अध्यक्ष खनालले जानकारी दिए ।
प्रकाशित मिति : June 24, 2020 at 9:28 pm



