बुधबार ६२९ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितकाे संख्या १० हजार ७२८ पुग्याे
१० असार, काठमाडाैँ । बुधबार एकैदिन ६२९ जना काेराेना भाइरस संक्रमणका नयाँ विरामीहरु भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गाैतमका अनुसार बुधबार थप ६२९ जनामा संक्रमण देखिएको हाे ।

याेसँगै नेपालमा काेराेना संक्रमितकाे संख्या १० हजार ७१८ पुगेकाे छ । पछिल्लो २४ घण्टामा ११४ जना कोरोनामुक्त भएर घर फर्किएका छन्। हालसम्म २३३८ जना कोरोनामुक्त भई विभिन्न अस्पतालबाट डिस्चार्ज भएका छन्। हालसम्म काेराेनाबाट मृत्यु हुनेकाे संख्या २४ जना पुगेकाे छ । नेपालमा रसुवाबाहेक बाँकी ७६ जिल्लामा कोरोनाको संक्रमण देखिएको प्रवक्ता गौतमले जानकारी दिए।
प्रकाशित मिति : June 24, 2020 at 4:24 pm



