नेविसंघले त्रिवि उपकुलपतिको कुर्सी जलायो, कार्यकक्षमा तालाबन्दी
१० असार, काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि)का उपकुलपति धर्मकान्त बाँस्कोटाको कुर्सीमा विज्ञप्ति बुझाउन गएको नेविसंघको एउटा समूहले आगजनी गरेको छ । बुधबार मध्यान्ह त्रिवि पुगेको नेविसंघको समूहले विज्ञप्ति दिएर कुर्सीमा आगाजनी गरेको हो । उक्त समूहको विज्ञप्ति ढोकामा टाँसेर उपकुलपतिको कार्यकक्षमा तालबन्दी गरेर पोस्टर टाँसेको त्रिविका सूचना अधिकारी सूर्य अधिकारीले जानकारी दिए ।

अधिकारीका अनुसार विज्ञप्तिमा नेविसंघको लेटरप्याड नभए पनि नेपाल विद्यार्थी संघ सम्पूर्ण उपत्यकाका क्याम्पस कमिटी भनेर उल्लेख गरिएको छ । नेविसंघले यसअघि पनि यस्तै गरी कुर्सीमा आगजनी गर्ने र तालाबन्दी गर्ने काम गर्दै आएको छ ।
प्रकाशित मिति : June 24, 2020 at 2:12 pm



