प्युठानमा ३३ हजार कागतीका बिरुवा वितरण
१० असार, प्युठान । गरीबीको रेखामुनि रहेका यहाँका उपभोक्तालाई कागतीका बिरुवा वितरण गरिएको छ । डिभिजन वन कार्यालयले निःशुल्क रुपमा कवुलियती वनका उपभोक्तालाई कागतीका बिरुवा वितरण गरेको हो । जिल्लाभर १८४ कवुलियती वन छन् । तीमध्ये १५० कवुलियती वनका करीब एक हजार उपभोक्तालाई ३३ हजार कागतीका बिरुवा प्रदान गरिएको कार्यालयका प्रमुख राजु क्षेत्रीले जानकारी दिनुभयो ।

मङ्गलबारदेखि जिल्लाका कवुलियती वनका उपभोक्तालाई बिरुवा वितरण गरिएको छ । आर्थिक वर्ष २०७६/०७७ को वार्षिक स्वीकृत फलपूmल प्रबद्र्धन कार्यक्रमअन्तर्गत रु पाँच लाख ६१ हजारको विरुवा वितरण गरिएको हो । तीन मिटरको दूरीका फरकमा करीब २५ हेक्टर क्षेत्रफलमा रोपण गरिने छ । यहाँका कवुलियती वनलाई आठ समूहमा विभाजन गरिएको छ ।
प्रकाशित मिति : June 24, 2020 at 1:16 pm



