गोरखामा ३ वर्षीय बालकसहित थप १८ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ६९ पुग्याे
९ असार, गोरखा । गोरखामा गोरखामा ३ वर्षीय बालकसहित थप १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मंगलबार भीमसेन थापा गाउँपालिकाका १२ जना, शहिद लखन गाउँपालिकाका ३ जना र गण्डकी, बारपाक सुलिकोट, र अजिरकोट गाउँपालिकाका १/१ जना गरि १८ जनामा काेराेना संक्रमण पुष्टि भएको हो ।

उनीहरु मध्ये अधिकांश भारतबाट आएर क्वारेन्टिनमा बस्दै आएका हुन् । यससँगै गोरखामा संक्रमितको संख्या ६९ पुगेको छ । त्यसमध्ये ८ जना निको भएर घर फर्किसकेका छन् ।
प्रकाशित मिति : June 23, 2020 at 3:42 pm



