८ श्रावण २०८३, शुक्रबार | Fri Jul 24 2026

नेपालमा काेराेनाका कारण फेरि १ जनाकाे ज्यान गयाे

९ असार, दैलेख । काेराेनाका कारण फेरि १ जनाकाे ज्यान गएकाे छ । कर्णाली प्रदेश अस्पताल सुर्खेतमा उपचार गराइरहेका दैलेखको दुल्लुु नगरपालिका -३ का ४५ वर्षीय पुुरुषको मृत्यु भएको अस्पतालका कोरोना फोकल पर्सन डाक्टर केएन पौडेलले जानकारी दिनुभयो ।

फाइल फाेटाे

असार ३ गते उपचारकाे लागि दैलेखबाट सुर्खेत आएका उनकाे ४ गते कोरोना परीक्षण गर्दा पोजेटिभ देखिएको थियाे। कोरोना संक्रमण पुष्टि भएपछि उनकाे आइसोलेशनमा राखेर उपचार भइरहेकाे थियाे । उनी समुुदायस्तरबाट आएकाेले कोरोना संक्रमण कसरी भयो भन्ने नखुुलेको अस्पतालले जनाएको छ । योसँगै नेपालमा कारोना संक्रमणबाट मृत्यु हुनेकाे सङ्ख्या २४ पुगेको छ ।

प्रकाशित मिति : June 23, 2020 at 2:45 pm