२४ आश्विन २०८३, शनिबार | Sat Oct 10 2026

नेपाल बैंकको १५ प्रतिशत चुक्ता पूँजी स्टक एक्सचेञ्जमा सूचीकृत

८ असार, काठमाडाैँ । नेपाल बैंक लिमिटेडले आफ्नो हाल कायम चुक्ता पूँजीको १५ प्रतिशतले हुने रकम नेपाल स्टक एक्सचेञ्ज लिमिटेडको बोनश शेयरमा सूचीकरण गरेको छ । सो बैंकको हालै सम्पन्न ६०औँ वार्षिक साधारणसभाबाट स्वीकृत चालू आवसम्मको चुक्ता पूँजीबाट रु एक अर्ब ४७ करोड १६ लाख ७२ हजार २०० रकम बराबरको एक करोड ४७ लाख १६ हजार ७२२ कित्ता बोनस शेयर सूचीकरण भएको हो ।

बैंकका प्रवक्ता प्रकाशकुमार अधिकारीद्वारा आज जारी विज्ञप्तिमा बोनश शेयर अभौतिकीकरण (डिम्याट) भएपछि खातामा जाने भएकाले आफ्ना शेयरधनीलाई यथाशीघ्र खाता अद्यावधिकका लागि आग्रह गरिएको छ ।

प्रकाशित मिति : June 22, 2020 at 9:30 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/