८ श्रावण २०८३, शुक्रबार | Fri Jul 24 2026

मंगलबार काठमाडौँका यी स्थानमा ५ घण्टा विद्युत् काटिने

८ असार, काठमाडाैँ ।  नेपाल विद्युत् प्राधिकरणले मंगलबार काठमाडौँका विभिन्न स्थानमा लाइन काट्ने भएको छ । प्राधिकरणका सूचना अधिकारी लीला अर्यालका अनुसार जीर्ण अवस्थामा रहेका पोल परिवर्तन गर्नुपर्ने भएकाले विद्युत् काटिन लागेको हो । प्राधिकरणको सूचनामा भनिएको छ, “महाराजगञ्ज वितरण केन्द्रको गणेशथान फिडरबाट वितरीत लाइन बूढानीलकण्ठ नगरपालिका–२ गणेशचोकको जीर्ण एच टी लाइनको पोल परिवर्तन गर्नुपर्ने भएकाले मंगलबार लाइन काटिनेछ ।”

प्राधिकरणका अनुसार मध्याह्न १२ बजेदेखि साँझ ५ बजेसम्म विद्युत् काटिनेछ । प्राधिकरणका अनुसार सो उक्त फिडरअन्तर्गत घुम्ती, धापासी, च्यासिन्टोल, हात्तिगौंडा, बालुवाडीपो, हेपालीलगायतका क्षेत्रमा विद्युत् काटिनेछ । प्राधिकरणले ग्राहकवर्गमा पर्न गएको असुविधाप्रति क्षमा माग्दै कार्य निर्धारित समयअगावै सम्पन्न भएमा सो समयभन्दा अगावै लाइन सञ्चालनमा आउने जनाएको छ ।

प्रकाशित मिति : June 22, 2020 at 7:23 pm