८ श्रावण २०८३, शुक्रबार | Fri Jul 24 2026

पाल्पामा पहिरोले ४ वटा गाडि पुरिए, २ जनाको शव भेटियाे

८ असार, काठमाडाैँ । पाल्पाको तानसेन नगरपालिका–११ स्थित सम्मेबारीमा सोमबार दिउँसो ४ वटा गाडी पहिरोमा परेर पुरिँदा बगाउँदा २ जनाको निधन भएको छ भने एक जनाको उद्धार गरिएको छ । नगरपालिकाले खन्दै गरेको बाटोमा पहिरोले कार, जिप, मिनी ट्रक र पानी बोक्ने ट्यांकर पुरिएको प्रदेश प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

तानसेन–तम्घास सडकखण्डको सम्मोबारी नजीकै सडकमाथिबाट खसेको पहिराले गाडी बगाएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मदन गिरीले बताउनुभयो । पाल्पाबाट गुल्मी जाने सवारी साधन ट्याङ्कर र ट्रक पहिराले बगाएको हो । हालसम्म मृतकको परिचय र सवारी साधनको नम्बर खुल्न सकेको छैन ।

पहिराले बगाएका सवारी साधनमा कति यात्रु सवार रहेको भन्ने जानकारी आउन नसकेको ट्राफिक प्रहरी कार्यालय प्रदेश नं ५ का प्रवक्ता प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेले जानकारी दिनुभयो । बगाएका गाडी भीरमा अडकिएका छन् । घटनाको जानकारी पाएसँगै प्रनाउ गिरीको नेतृत्वमा १५ जनाको टोली घटनास्थलमा खटिएको छ ।

प्रकाशित मिति : June 22, 2020 at 6:41 pm