८ श्रावण २०८३, शुक्रबार | Fri Jul 24 2026

साेमबार ५३५ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितकाे संख्या ९५६१ पुग्याे

८ असार, काठमाडाैँ । साेमबार एकैदिन ५३५ जना काेराेना भाइरस संक्रमणका नयाँ विरामीहरु भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गाैतमका अनुसार साेमबार थप ५३५ जनामा संक्रमण देखिएको हाे ।

याेसँगै नेपालमा काेराेना संक्रमितकाे संख्या ९५६१ पुगेकाे छ । पछिल्लो २४ घण्टामा ३७० जना कोरोनामुक्त भएर घर फर्किएका छन्। हालसम्म २१४२ जना कोरोनामुक्त भई विभिन्न अस्पतालबाट डिस्चार्ज भएका छन्। हालसम्म काेराेनाबाट मृत्यु हुनेकाे संख्या २३ जना पुगेकाे छ । नेपालमा रसुवाबाहेक बाँकी ७६ जिल्लामा कोरोनाको संक्रमण देखिएको प्रवक्ता गौतमले जानकारी दिए।

प्रकाशित मिति : June 22, 2020 at 4:23 pm