अर्घाखाँचीमा थप ६५ जनामा काेराेना पुष्टि, संक्रमितको संख्या २३९ पुग्यो
८ असार, अर्घाखाँची । अर्घाखाँचीमा थप ६५ जनामा कोरोना पुष्टि भएकाे छ । योसँगै अर्घाखाँचीमा काेराेना संक्रमितको संख्या २३९ जना पुगेको छ। जिल्लाको मालारानी गाउँपालिकामा ४९ जना, सन्धिखर्क नगरपालिकामा १० जना र छत्रदेव गाउँपालिकामा ६ जनामा कोरोना पुष्टि भएकाे जनस्वास्थ्य कार्यालय प्रमुख पुष्पा थापामगरले जानकारी दिइन्।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु काठमाडौँमा गरिएको परिक्षणमा सन्धीखर्क नगरपालिकाका १० जना र छत्रदेव गाउँपालिकाका ६ जना गरि १६ जना र जनस्वास्थ्य प्रयोगशाला धुलिखेल काठमाडौँमा गरिएको प्रयोगशालामा ४९ जना कोरोना संक्रमण पुष्टि भएकाे छ ।
प्रकाशित मिति : June 22, 2020 at 2:42 pm



