८ श्रावण २०८३, शुक्रबार | Fri Jul 24 2026

गुल्मीमा पहिरोले जिप पुरियाेः १ जनाकाे मृत्यु, ५ घाइते

६ असार, काठमाडाैँ । गुल्मीमा पहिरोले जिप पुर्दा १ जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् । धुर्कोट गाउँपालिका -३ हर्रापाटामा ग १ ज ३९९७ नम्बरको जिप पहिरोमा पुरिएको हो । दुर्घटनामा परि १९ वर्षिय तुल्सीराम काउछाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएकाे छ ।

शनिबार दिउँसाे जिप मदाने गाउँपालिका पुर्कोटदहबाट धुर्कोट गाउँपालिकाको सोमरभोमर भन्ने स्थानका लागि छुटेको थियो । दुर्घटनामा ५ जना घाइते भएका छन् । घाइते चालक र १ जना यात्रुलाई अर्घाखाँचीको सन्धीखर्कमा उपचारको लागि लगिएकाे छ । अन्य ३ जना सामान्य घाइते भएकाले स्थानीय मेडिकलमा उपचार भैरहेकाे छ ।

प्रकाशित मिति : June 20, 2020 at 6:38 pm