८ श्रावण २०८३, शुक्रबार | Fri Jul 24 2026

दैनिक १० हजार पीसीआर परीक्षण गर्ने तयारी गरिरहेका छाैँः मन्त्री ढकाल

६ असार, काठमाडाैँ । सरकारले प्रदेश प्रयोगशालाको क्षमता क्षमता वृद्धि गर्दै जनशक्ति थप गरी प्रतिदिन १० हजार पीसीआर परीक्षण गर्ने तयारी गरेको छ । नीजि प्रयोगशाला र प्रदेशमा स्थापना भएका प्रयोगशालाको क्षमता विस्तार गरी सरकारले प्रतिदिन १० हजार पीसीआर परीक्षण गर्ने तयारी गरेको हो । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले असार १५ भित्र प्रतिदिन १० हजारको परीक्षण गर्ने तयारी स्वरुप काम भइरहेका बताउनुभो ।

जनशक्ति व्यवस्थान, ल्याबलाई २४ घण्टा सञ्चालन गर्ने र नीजि क्षेत्रबाट परीक्षण गर्नेगरी तयारी अगाडी बढाइएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘जनशक्ति व्यवस्थापन, ल्याबहरुलाई २४ घण्टा सञ्चालन गर्ने, नीजि क्षेत्रबाट गरी १० हजारको परीक्षण गर्न सकिन्छ ।’’ मन्त्री ढकालले प्रतिप्रदेशबाट १ हजारका दरले र नीजि क्षेत्रबाट ३ हजारका दरले प्रतिदिन परीक्षण हुने बताउनुभयो ।

मन्त्री ढकालले स्वास्थ्य सामग्री खरिदमा कुनै अनियमितता नभएको बताउनुभएको छ । अनियमितता भएको आशंकामा संसदको लेखा समितिले सोमबार जवाफ दिन खरिद प्रकृयामा संलग्न व्यक्तिहरुलाई बोलाएको छ । त्यअघि नै शनिबार मन्त्रालयमा भएको पत्रकार सम्मेलनमा मन्त्री ढकालले सबै खरिद प्रकृया विधिअनुसार नै भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘यसलाई धेरै दोहोर्याउनु परेन । कानून सबैलाई थाहा छ । पछिल्लो पटक पनि मन्त्रिपरिषद् बैठकबाट निर्णय गरेर विशेष अवस्थामा खरिद गर्ने भनिएको हो । विधि जे हो त्यहीबाट गर्ने भनेका छौँ । तर प्रकृयाका लागि लाग्ने दिनलाई सहजीकरण गरेका छौँ ।

किनकी महामारीको समयमा यत्तिकै सामान पाइदैन भने २१—२१ दिन कुरेर विधि पुर्याउन गाह्रो छ भनेर २, ३ दिनमा ल्याउने भनेर विधि पुर्याइएको हो । तर विधि, प्रकृया र ऐन कानूनमा कुनै परिवर्तन छैन् । महानिर्देशकले सम्पूर्ण अधिकारको प्रयोग गर्नुहुन्छ । अहिले सम्मको हाम्रो विधि र प्रकृया यहि हो ।’’

मन्त्री ढकालले विदेशबाट आउनेहरुको हकमा एउटा जहाजमा आउने सबैको पीसीआर परीक्षण गरेको सात दिन नपुगेको भए सबैलाई होम क्वारेन्टाइनमा पठाइने बताउनुभयो । यद्यपी जहाजमा आउने मध्ये एक जनाको मात्रै पनि पीसीआर परीक्षण नभएको अवस्थामा सबैलाई १४ दिन क्वारेन्टाइनमा राखिने उहाँले बताउनुभयो ।

प्रकाशित मिति : June 20, 2020 at 5:45 pm