काठमाडाैँ र भक्तपुरमा थपिए ८ जना काेराेना संक्रमित
६ असार, काठमाडाैँ । काठमाडाैँ र भक्तपुरमा ८ जना काेराेना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिंगमा मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले भक्तपुरका ७ जना महिलामा एकैपटक कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिए । उनका अनुसार भक्तपुरमा आज भेटिएका कोरोना ७ जना कोरोना संक्रमित महिलाहरुको स्वास्थ्य अवस्था सामान्य रहेको छ भने उनीहरु चिकित्सकको निगरानीमा रहेका छन् ।

यसैगरी काठमाडाैँका १ जनामा पनि काेराेना संक्रमण पुष्टि भएकाे प्रवक्ता देवकाेटाले जानकारी दिए ।शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा गरिएको स्वाब परीक्षणका क्रमा उनीहरु कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
प्रकाशित मिति : June 20, 2020 at 4:58 pm





