शनिबार ३३१ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितकाे संख्या ८६०५ पुग्याे
६ असार, काठमाडाैँ । शनिबार एकैदिन ३३१ जना काेराेना भाइरस संक्रमणका नयाँ विरामीहरु भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गाैतमका अनुसार शनिबार थप ३३१ जनामा संक्रमण देखिएको हाे ।

याेसँगै नेपालमा काेराेना संक्रमितकाे संख्या ८६०५ पुगेकाे छ । पछिल्लो २४ घण्टामा १७६ जना कोरोनामुक्त भएर घर फर्किएका छन्। हालसम्म १५७८ जना कोरोनामुक्त भई विभिन्न अस्पतालबाट डिस्चार्ज भएका छन्। हालसम्म काेराेनाबाट मृत्यु हुनेकाे संख्या २२ जना पुगेकाे छ ।
प्रकाशित मिति : June 20, 2020 at 4:26 pm





