१ कार्तिक २०८३, शनिबार | Sat Oct 17 2026

होम क्वारेन्टिनमा मृत्यु भएका गुल्मीका पुरुषमा कोरोना पुष्टि

६ असार, गुल्मी । होम क्वारेन्टिनमा बिहीबार राति मृत्यु भएका गुल्मीमा ६९ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको छ। जेठ २५ गते भारतबाट आई होम क्वारेन्टिनमा बसेका छत्रकोट गाउँपालिका वडा नं ५ का ६९ वर्षीय पुरुषमा कोरोना रिपोर्ट पोजेटिभ आएको हाे ।

फाइल फाेटाे

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा कोरोना रिपोर्ट पाजेटिभ आएको हो। उनी पहिलेदेखि नै प्यारालाइसिसको बिरामी रहेका र जेठ २५ गते भारतबाट उपचार गराइ आएकाले उनलाई अलग्गै होम क्वारेन्टाइनमा राखिएको थियो। परिवारको सहमतिअनुसार शवलाई नेपाली सेना र नेपाल प्रहरीले शुक्रबार बिहान नै व्‍यवस्थापन गरेको गुल्मी जिल्लाका प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले जानकारी दिए।

गुल्मीमा योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या तीन पुगेको छ। यसभन्दा पहिले मदाने गाउँपालिका वडा नं ६ पुर्कोटदहका ४१ वर्षीय शिक्षकको रुपन्देहीमा उपचारको क्रममा मृत्यु भएको थियो भने अर्का धुर्कोट गाउँपालिकाका ३६ वर्षीय पुरुषको तम्घासको आइसोलेशनमा उपचारको क्रममा मृत्यु भएको हो।

प्रकाशित मिति : June 20, 2020 at 3:19 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/