आत्महत्या गरेका व्यक्तिमा पनि कोरोना पोजेटिभ, अर्घाखाँचीमा मात्रै संक्रमितको संख्या ११० पुग्यो
३ असार, अर्घाखाँची । आत्महत्या गरेका व्यक्तिमा पनि कोरोना पोजेटिभ पाइएको छ । अर्घाखाँची जिल्लाको शीतगङ्गा नगरपालिकाका ४५ वर्षीय पुरुषमा आत्महत्यापछि कोरोना पोजेटिभ पाइएको हो ।
उनी शीतगङ्गा –५ जुकेना गल्दाको हरि माध्यमिक विद्यालयको क्वारेन्टिनमा बसेका थिए । गत जेठ १० गते भारतबाट घर फर्किएका उनको आरडिटी रिपोर्ट पोजेटिभ आएपछि पिसिआर परीक्षणका लागि जेठ २४ गते स्वाब सङ्कलन भएको थियो । गए राति उनले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।

जिल्लामा एकै दिन ५२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरीक्षक गणेशराज पौडेलले जानकारी दिनुभयो । यससँंगै जिल्लामा कोरोना सङ्क्रमित ११० पुगेका छन् । कोरोनाका कारण जिल्लामा तीन जनाको मृत्यु भएको छ ।
प्रकाशित मिति : June 17, 2020 at 9:39 pm





