नेपालमा काेराेनाका कारण मृत्यु हुनेकाे संख्या २० पुग्याे
३ असार, काठमाडाैँ । नेपालमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या २० पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बाँके बैजनाथ—६ की ४६ वर्षिया महिलाको कोरोनाका कारण मृत्यु भएको हो ।

मृगौला सम्बन्धि समस्याका कारण जेट ३० गते नेपालगञ्ज मेडकल कलेज शिक्षण अस्पतालमा भर्ना भएकी ती महिलाको असार १ गते साँझ मृत्यु भएको थियो । १ गते नै कोरोना परीक्षणका लागि उनको स्वाव संकलन गरिएपनि २ गते मात्रै रिपोर्ट आएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताउनुभयो ।
प्रकाशित मिति : June 17, 2020 at 4:46 pm





