बुधबार ५८६ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितकाे संख्या ७१७७ पुग्याे
३ असार, काठमाडाैँ । बुधबार एकैदिन ५८६ जना काेराेना भाइरस संक्रमणका नयाँ विरामीहरु भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गाैतमका अनुसार बुधबार थप ५८६ जनामा संक्रमण देखिएको हाे ।
याेसँगै नेपालमा काेराेना संक्रमितकाे संख्या ७१७७ पुगेकाे छ । पछिल्लो २४ घण्टामा ९ जना कोरोनामुक्त भएर घर फर्किएका छन्। हालसम्म ११६७ जना कोरोनामुक्त भई विभिन्न अस्पतालबाट डिस्चार्ज भएका छन्। काेराेकाबाट मृत्यु हुनेकाे संख्या २० जना पुगेकाे छ ।

प्रकाशित मिति : June 17, 2020 at 4:21 pm





