७ श्रावण २०८३, बिहिबार | Fri Jul 24 2026

नेपाल ट्रष्टद्वारा काठमाडौँ प्लाजा खाली गर्न निर्देशन

३ असार, काठमाडाैँ । काठमाडौँ प्लाजा खाली गर्न नेपाल ट्रष्टको कार्यालयले निर्देशन दिएको छ । यही असार २ गते नेपाल ट्रष्टको कार्यालय र कन्सेप्ट डेभलपरबीच भएको सम्झौता सकिएकाले सो भवन पूर्णरुपमा खाली गरी बुझाउन नेपाल ट्रष्टको कार्यालयले निर्देशन दिएकाे हाे ।  बुधबार एक सूचना जारी गरेर ट्रष्टको कार्यालयले चालु हालतमा प्रथम पक्षलाई हस्तान्तरण गर्न भनेको छ ।


पहिलो पटक २०५० असार ३ गते २७ वर्षका लागि करारनामा सम्झाैता भएको थियो । कमलादीमा रहेकाे उक्त भवन २०६६ पुष २३ गते यी दुई पक्षविच अद्यावधिक सम्झौता भएको थियो । यही असार २ गते करारनामा भएको २७ वर्ष पुगेको छ ।

प्रकाशित मिति : June 17, 2020 at 1:52 pm