७ श्रावण २०८३, बिहिबार | Fri Jul 24 2026

गोंगबुको भीआइपी जुवाखालमा प्रहरी छापा, उच्चपदस्थ व्यक्तिका पत्नीहरू समेत पक्राउ

२ असार, काठमाडौँ । प्रहरीले गोंगबुको भीआइपी जुवाखालमा छापा मारेको छ । मंगलबार राति प्रहरीले गोंगबुको उक्त जुवाखालमा छापामारेको हो । बानियाँटारको पुल छेउमा उक्त जुवाखालमा बुढानिलकण्ठदेखि आएका महिलाहरू पनि रहेको बुझिएको छ । स्थानीयका अनुसार ती महिलाहरू पटके रहेका थिए ।

फाइल फोटो ।

मंगलबार साँझ गोंगबु गणेशस्थानस्थित एक जुवाअखडामा महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले छापा मारी १२ जना जुवाडेलाई पक्राउ गरेको महानगरीय प्रहरी परिसरका प्रवक्ता राजकुमार केसीले पुष्टि गरेका छन । पक्राउ पर्नेमा ८ पुरुष र ४ महिला छन् ।

जुवा अखडाबाट  २ लाख ७१ हजार रुपैयाँ बरामद भएको छ । पक्राउ परेका महिलाहरू उच्चपदस्त व्यक्तिहरूको श्रीमति रहेको बुझिएको छ । सोही कारण प्रहरीले उनीहरूको पहिचान खुलाउन मानेको छैन । पक्राउ परेकाहरूलाइ महानगरीय प्रहरी बृत्त महाराजगंजमा राखिएको छ ।

प्रकाशित मिति : June 16, 2020 at 9:30 pm