६ आश्विन २०८३, मंगलबार | Tue Sep 22 2026

तिनाउ खोलामा गाडी खस्यो, घाइते ६ जनाकै अवस्था गम्भीर

२ असार, काठमाडाैँ । पाल्पाकाे तिनाउ खोलामा गाडी दुर्घटना हुँदा ६ जना घाइते भएका छन्। घाइते हुनेमा चालक पाल्पा तिनाउ गाउँपालिका ३ झुम्साका ३८ वर्षीय दयाराम पाण्डे, सोही ठाउँका २८ वर्षीय कृष्ण बस्याल, ३६ वर्षीय नन्दलाल बस्याल, ४५ वर्षीय बालकृष्ण बस्याल, ३८ वर्षीय शिव पाण्डे, ३८ वर्षीय विनोद पाण्डे रहेका छन् ।

उनीहरू सबैको अवस्था गम्भीर रहेकाे प्रहरीले जानकारी दिएकाे छ । सिद्धार्थ राजमार्गको पाल्पा-बुटलवल सडकखण्डअन्तर्गत सिद्धबाबा नजिकै मंगलबार दिउँसाे दुर्घटना भएको हो। पाल्पाको झुम्साबाट बुटवलतर्फ जाँदै गरेको प्रदेश ३–०१–२२च–४५२२ नम्बरको हाइलक्स गाडी सिद्धबाबा नजिकै तिनाउ खोलामा खसेको हो। घाइते सबैको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भैरहेकाे छ ।

प्रकाशित मिति : June 16, 2020 at 6:01 pm