७ श्रावण २०८३, बिहिबार | Fri Jul 24 2026

नुवाकाेटकाे सूर्यगढीका सानोबाबु गलानको घरबाट १३ लाख नगद र ६ तोला सुनको गहना चाेरी

१ असार, नुवाकोट । नुवाकाेटकाे सूर्यगढी गाउँपालिका-१ जुङडाँडाका ५७ वर्षीय सानोबाबु गलानको घरबाट नगद १३ लाख रुपैयाँ र सुनको ६ तोला गहना चाेरी भएकाे छ । सोमबार बिहान घलानकाे घरबाट नगद र गहना चाेरी भएकाे नुवाकाेट प्रहरीले जानकारी दिएकाे छ । चोरी गरेर फरार रहेका व्यक्तिहरुको खोजी गरिरहेकाे पनि प्रहरीले जनाएकाे छ ।

प्रकाशित मिति : June 15, 2020 at 5:37 pm