सोमबार काठमाडौँ उपत्यकामा थपिए ५ जना कोरोना संक्रमित
१ असार, काठमाडौँ । सोमबार काठमाडौँ उपत्यकामा ५ जना कोरोना संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय प्रवक्ता डा. जागेश्वर गाैतमले नियमित प्रेस ब्रिफिङमार्फत काठमाडौँका २ जना पुरुष र २ जना महिला सहित ४ जना तथा ललितपुरकी १ जना महिलामा कोरोना संक्रमण पुष्टि भएको जानकारी गराएका छन् । प्रवक्ता गाैतमले संक्रमितहरू कुन ठाउँका हुन् भन्ने खुलाएका छैनन् ।

प्रवक्ता गाैतमका अनुसार धुलिखेल अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा काठमाडौँका १ जना पुरूष, शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पतालकाे प्रयोगशालामा गरिएको परीक्षणमा काठमाडौँकै १ जना पुरूष र पाटन स्वास्थ विज्ञान प्रतिष्ठान प्रयोगशालामा गरिएको परीक्षणमा ललितपुरकी १ महिला तथा काठमाडौँका २ महिलामा कोरोना संक्रमण पुष्टि भएकाे हाे ।
प्रकाशित मिति : June 15, 2020 at 4:53 pm





