सोमबार दैलेख र सुर्खेतमा थपिए ११० जना काेराेना संक्रमित
१ असार, काठमाडाैँ । सोमबार दैलेख र स्रर्खेतमा ११० काेराेना संक्रमित थपिएका छन् । कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार प्रदेश अस्पताल सुर्खेतस्थित पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परीक्षणमा दैलेखका ९१ जनामा कोरोनासंक्रमण पुष्टि भएको छ ।

यस्तै पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा गरिएको परीक्षणमा सुर्खेतका १९ जनामा संक्रमण पुष्टि भएको छ । योसँगै कर्णाली प्रदेशमा कोरोना संक्रमणको संख्या १०७७ पुगेको छ । कर्णाली प्रदेशमा कोरोना निको हुनेको संख्या १५१ पुगेको छ। आज कालीकोट अस्पतालबाट २५ जना, प्रदेश अस्पतालबाट २३ जना लेकबेसी आइसोलेसन सेन्टरबाट ९ जना गरी कूल ५७ जना संक्रमित निको भएसँगै निको हुनेको कूल संख्या १५१ पुगेको हो ।
संक्रमितकाे विवरण हेर्नुहाेस्ः


प्रकाशित मिति : June 15, 2020 at 4:09 pm





