क्वारेन्टिनमा बसेकी महिलामाथि सामुहिक बलात्कार, स्वास्थ्यकर्मीसहित ३ जना पक्राउ
१ असार, कैलाली । लम्कीचुहा नगरपालिका-१ स्थित श्री शहिद स्मृति आधारभूत विद्यालयको क्वारेन्टिनमा बसेकी ३१ वर्षीया महिलालाई शनिबार राति बलात्कार गरेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा उक्त क्वारेन्टिनमा कार्यरत स्वास्थ्यकर्मी सोही स्थान बस्ने २२ वर्षीय किशोर परियार तथा स्वयंसेवकहरु २० वर्षीय लक्ष्मण बिक र १८ वर्षीय सर्जन बिक रहेका छन् । ईलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । प्रहरीले यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको जनाएकाे छ ।
प्रकाशित मिति : June 15, 2020 at 1:41 pm





