नेपाल राष्ट्रिय व्यवसायीद्वारा गृह मन्त्रालयलाई स्वास्थ्य सामग्री हस्तान्तरण
३२ जेठ, काठमाडौँ । नेपाल राष्ट्रिय व्यवसायी महासङ्घले सरकारलाई कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि आवश्यक पर्ने स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । महासङ्घका वरिष्ठ उपाध्यक्ष कुमार कार्कीको नेतृत्वमा सिंहदरबार पुगेको टोलीले आज गृहमन्त्री रामबहादुर थापालाई स्वास्थ्य सामग्रीहरु हस्तान्तरण गरेको हो ।

महासङ्घले गृह मन्त्रालयलाई पिपिई सुट ५०, थर्मल गन ५०, चस्मा ५०, सुज कभर ५०, एएस ९५ माक्स एक हजार, सर्जिकल माक्स, स्यानिटाइजरलगायतका स्वास्थ्य सामग्रीहरु हस्तान्तरण गरेको हो । हस्तान्तरणपछि गृहमन्त्री थापाले व्यवसायीहरुका समस्याहरु समाधानका लागि सहजीकरण गर्ने बताउनुभयो । व्यवसायीको सुरक्षाका लागि सरकारले आवश्यक व्यवस्था मिलाउने आश्वासन दिँदै उहाँले व्यवसायीका समस्यामा समेत सहजीकरण गर्ने प्रतिबद्धता जनाउनुभयो ।
महासङ्घका उपाध्यक्ष कार्कीले चीनबाट आएको ठूलो परिमाणको सामग्री केरुङ नाकामा अड्किएको भन्दै ध्यानाकर्षण गराउनुभएको थियो । उहाँले केरुङ जानका लागि व्यापारीलाई पाससमेत उपलब्ध हुन नसकेको गुनासो गर्नुभयो ।
प्रकाशित मिति : June 14, 2020 at 6:26 pm





