आइतबार एकैदिन ४२५ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितकाे संख्या ५७६० पुग्याे
३२ जेठ, काठमाडाैँ । आइतबार ४२५ जना काेराेना भाइरस संक्रमणका नयाँ विरामीहरु भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गाैतमका अनुसार आइतबार थप ४२५ जनामा संक्रमण देखिएको हाे । याेसँगै नेपालमा काेराेना संक्रमितकाे संख्या ५७६० पुगेकाे छ ।

डिस्चार्ज हुनेको संख्या ९७४ पुगेको छ । जसमध्ये अहिलेसम्म १९ जनाको मृत्यु भएकाे छ । कुल ७३ जिल्लामा कोरोना संक्रमणका बिरामी देखिएको मन्त्रालयले जनाएको छ ।
प्रकाशित मिति : June 14, 2020 at 4:22 pm





