७ श्रावण २०८३, बिहिबार | Fri Jul 24 2026

नयाँ नक्सा संसदबाट सर्वसम्मतिले पारित भएपछि सर्वसाधारणले देशभर मनाए खुशियाली

३१ जेठ, काठमाडाैँ । प्रतिनिधिसभाले निशानछापमा नेपालको नयाँ राजनीतिक नक्सा प्रयोग गर्ने विधेयक पारित गरेपछि देशभर खुशियाली मनाइएको छ । निशान छापमा नयाँ नक्सा राख्न संसदमा प्रस्तुत भएको संशोधन विधेयक सर्वसम्मतिले पारित भएपछि उपत्यकासहित देशभर खुशियाली मनाइएको हो ।

लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्र समेटिएको नेपालको नयाँ राजनीतिक नक्सालाई शनिबार निशान छापमा प्रयोग गर्ने सम्बन्धि विधेयकलाई प्रतिनिधिसभाले सर्वसम्मत पास गरेको छ । योसँगै उपत्यकाको शहिद गेट लगायतको ठाउँहरुमा राष्ट्रिय युवा संघ, अनेरास्ववीयू उपस्थित सर्वसाधारणहरुले सडकमा नेपालको नक्सा बनाएर खुशियाली मनाएका छन् ।

यस्तै नुवाकाेटमा पनि सर्वसाधारणले नेपालकाे नक्सा बनाएर खुशियाली मनाएका छन् । प्रतिनिधिसभाको बैठकमा उपस्थित २ सय ५८ जना सांसदहरुले संविधान संशोधन विधेयकको पक्षमा मतदान गरेका थिए ।

प्रकाशित मिति : June 13, 2020 at 7:08 pm