७ श्रावण २०८३, बिहिबार | Thu Jul 23 2026

शनिबार एकैदिन २७३ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितकाे संख्या ५३३५ पुग्याे

३० जेठ, काठमाडौँ । शनिबार २७३ जना काेराेना भाइरस संक्रमणका नयाँ विरामीहरु भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गाैतमका अनुसार शनिबार थप २७३ जनामा संक्रमण देखिएको छ । याेसँगै नेपालमा काेराेना संक्रमितकाे संख्या ५३३५ पुगेकाे छ ।

पछिल्लो २४ घण्टामा ३६ जना डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या ९१३ पुगेको छ । जसमध्ये अहिलेसम्म १८ जनाको मृत्यु भएकाे छ । कुल ७२ जिल्लामा कोरोना संक्रमणका बिरामी देखिएको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : June 13, 2020 at 4:21 pm