११ जेष्ठ २०८३, सोमबार | Tue May 26 2026

यूएईबाट जेठ २३ मा नेपाल आएकी महिलामा कोरोना संक्रमण पुष्टि

३० जेठ, काठमाडौँ । युएईबाट नेपाल आएकी एक महिलामा कोरोना संक्रमण पुष्टि भएको छ । जेठ २३ मा युएईबाट एअर अरबियाको जी नाइन १७५१ चार्टर फ्लाइटबाट नेपाल आएका १५७ जनामध्येकी २६ वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिर अधिकारीले जानकारी दिए ।

सांकेतिक तस्विर

सुरूमा खरीपाटी क्वारेन्टिनमा राखिएकोमा उनलाई जेठ २४ गते मुलपानीको क्वारेन्टिनमा सारेर पीसीआर परीक्षण गरिएकाेमा शुक्रबार उनकाे रिपाेर्ट पाेजेटिभ आएको सहप्रवक्ता अधिकारीले जानकारी दिए । उनलाई आजै पाटन अस्पतालको आइसोलेसनमा पठाइएको छ ।

प्रकाशित मिति : June 12, 2020 at 8:25 pm