७ श्रावण २०८३, बिहिबार | Thu Jul 23 2026

राष्ट्रपति भण्डारीसमक्ष दक्षिण कोरियाका राजदूतको बिदाइ भेट

३० जेठ, काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नेपालका लागि गणतन्त्र दक्षिण कोरियाका राजदूत पार्क योङ–सिकले आज राष्ट्रपति निवास शीतलनिवासमा शिष्टाचार बिदाइ भेट गर्नुभयो ।

सो अवसरमा उहाँहरुबीच दक्षिण कोरिया र नेपालबीच रहिआएको सम्बन्ध, आपसी हित र चासोका विषयमा कुराकानी भएको राष्ट्रपतिको कार्यालयका प्रवक्ता हरिप्रसाद दाहालले जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख छ । राजदूत पार्कले आजै प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि बिदाइ भेट गर्नुभएको थियो ।

प्रकाशित मिति : June 12, 2020 at 4:57 pm