७ श्रावण २०८३, बिहिबार | Thu Jul 23 2026

शुक्रबार एकैदिन ४४८ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितकाे संख्या ५ हजार नाघ्याे

३० जेठ, काठमाडौँ । शुक्रबार अहिलेसम्मकै धेरै काेराेना संक्रमित भेटिएका छन् । शुक्रबार ४४८ जना काेराेना भाइरस संक्रमणका नयाँ विरामीहरु भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गाैतमका अनुसार शुक्रबार थप ४४८ जनामा संक्रमण देखिएको छ । याेसँगै नेपालमा काेराेना संक्रमितकाे संख्या ५०६२ पुगेकाे छ ।

पछिल्लो २४ घण्टामा १६ जना डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या ८७७ पुगेको छ । जसमध्ये अहिलेसम्म १६ जनाको मृत्यु भएकाे छ । कुल ७२ जिल्लामा कोरोना संक्रमणका बिरामी देखिएको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : June 12, 2020 at 4:26 pm