पसल र डिपार्टमेन्टल स्टोरहरु खुल्ने, सपिङ मल तत्काल नखुल्ने
२९ जेठ, काठमाडाैँ । सरकारले उद्योग, व्यापार, व्यवसाय, पसल र डिपार्टमेन्टल स्टोरहरु खुला गर्ने निर्णय गरेको छ । यस्तै सबै प्रकारका ढुवानी सेवा पनि खुला गरिएको छ । यसैगरी सबै प्रकारका कृषि र पशुपक्षी सेवा, उत्पादन र बिक्री खुला गरिएको छ भने यक्तिहरुको पैदल आवागमन खुला गरिएको छ ।

तर सपिङ मल भने खोल्न नपाइने सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधि र अर्थमन्त्री डा. युवराज खतिवडाले जानकारी दिए ।
प्रकाशित मिति : June 11, 2020 at 6:12 pm





