सार्वजनिक यातायात तत्काल नचल्ने, जोर विजार लागू गरेर निजी सवारी सञ्चालन गर्न पाइने
२८ जेठ, काठमाडौँ । सार्वजनिक यातायात तत्काल नचलाउने निर्णय भएको छ । तर उपत्यकाभित्र निजी सवारी सञ्चालन गर्न पाइनेछ । तर जोर विजोर लागू भएको छ । बुधबार बसेकाे मन्त्रिपरिषद बैठकले साे निर्णय गरेकाे सरकारका प्रवकता डा युवराज खतिवडाले जानकारी दिए ।

खतिवडाले यसरी निजी सवारी चलाउँदा एक जिल्लाबाट अर्को जिल्लामा भने जान नपाइने समेत बताए । गाडी चलाउँदा चालकबाहेक गाडीमा दुई जना राख्नुपर्ने छ भने मोटरसाइकलमा एक जनामात्र हिँड्न पाइनेछ। त्यस्तै सरकारी र निजी कम्पनीका कर्मचारी बोक्नका लागि पनि जोर-बिजोर प्रणालीमा सवारी चलाउन पाइनेछ।
सरकारले मानिसको हिँडडुलमा भने कुनै रोकटोक नभएको बताएको छ। मन्त्री खतिवडाले यो व्यवस्था २१ दिनका लागि लागू हुने जानकारी दिए।
प्रकाशित मिति : June 11, 2020 at 5:39 pm





