११ जेष्ठ २०८३, सोमबार | Tue May 26 2026

पहिलो फ्लाइटमा कुवेतबाट आइपुगे १५० नेपाली काठमाडौँ

२९ जेठ, काठमाडाैँ । कुवेतमा आममाफी पाएर आश्रय क्याम्पमा बसिरहेका नेपाली महिलाहरु आज काठमाडौँ आइपुगेका छन् । कुवेत सरकारले रोजगारीको शिलशिलामा कुवेत पुगेका १५० जना नेपाली महिलाहरूलाई  आज नेपाल पठाएको हो। उनीहरूलाई लिएर जजिरा एयरवेज एयरवेज ए३२० न्यारोबडी जहाज काठमाडौँ आएको हो।

कुवेतबाट नै अर्को एउटा फ्लाइट नेपालीहरु  काठमाडौँ आउँदैछन् । अर्को हवाई जहाज दिउँसो करिब दुई बजे त्रिभुवन विमानस्थलमा अवतरण गर्ने बताइएको छ । आज नेपाल फर्किनेहरूअधिकांश घरेलु महिला कामदार रहेका छन्। सरकारले पछिल्लो समय विदेशमा अलपत्र परेका नेपालीलाई जहाजबाट नेपाल ल्याउने निर्णय गरेको छ।

प्रकाशित मिति : June 11, 2020 at 1:30 pm