३० आश्विन २०८३, शुक्रबार | Sat Oct 17 2026

कर्णाली प्रदेशका थप ३७ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ७०८ पुग्याे

२८ जेठ, काठमाडौँ। कर्णाली प्रदेशमा थप ३७ जनामा कोरोना संक्रमण पुष्‍टि भएको छ। दैलेखमा २५, सुर्खेतमा ९ र जाजरकोटमा ३ जना संक्रमित थपिएका कर्णाली प्रदेश स्वास्थ्य सेवा महाशाखाले जनाएकाे छ । प्रदेश अस्पताल सुर्खेत पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको नमूना परीक्षणमा दैलेखको अवलपराजुल ४ का २ जना, डुंगेश्वर गाउँपालिकाका २३ जनामा कोभिड-१९ पोजिटिभ आएको छ। उनीहरूमध्ये दुईजना महिला हुन्।

त्यस्तै सुर्खेतको बराहताल गाउँपालिकामा १ जना, सिम्तामा १ जना र गुर्भाकोटका ७ जना रहेका छन्। गुर्माकोटका ३ जना महिला हुन्। जाजरकोटको छेडागाड नगरपालिकाका २ र शिवालय गाउँपालिकाका १ जनामा संक्रमण पुष्टि भएको छ। कर्णाली प्रदेशमा अहिलेसम्म संक्रमितको संख्या ७०८ पुगेको छ। तीनजनाको मृत्यु भइसकेको छ भने २९ जना कोरोनामुक्त भएर डिस्चार्ज भइसकेका छन्।

प्रकाशित मिति : June 10, 2020 at 4:08 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/