कालीकोट टिपर दुर्घटना अपडेटः २ जनाको मृत्यु, ६ जना बेपत्ता
२८ जेठ, मान्म । कालीकोट जिल्ला नरहरिनाथ गाउँपालिका–१ लालीघाटस्थित कर्णाली करिडोरमा टिपर दुर्घटना हुँँदा दुई जनाको मृत्यु भएको छ । करीब ३९ जना यात्रु सवार रहेको ना ८ ख ५१३३ को टिपर कर्णाली नदीमा खसेर दुर्घटना भएको हो ।

टिपर नदीमा खस्दा ६ जना कर्णाली नदीमा बेपत्ता भएको जिल्ला प्रहरी कालीकोटका प्रमुख श्यामबाबु ओलियाले बताउनुभयो । उहाँका अनुसार अहिले बेपत्ताको खोजी भइरहेको र केही घाइतेलाई उपचारका लागि जिल्ला अस्पतालमा लगिँदै गरेको छ । टिपर चालक फरार रहेको जनाइएको छ ।
प्रकाशित मिति : June 10, 2020 at 1:20 pm





