भारतबाट आएकालाई क्वारेन्टिनमा लैजान लागेको टिपर कर्णालीमा खस्यो, ३३ जना बेपत्ता
२८ जेठ, काठमाडाैँ । कालिकोटमा भारतबाट आएकाहरूलाई क्वारेन्टिनमा लैजान लागेको टिपर कर्णाली नदीमा खसेको छ। भारतबाट आएकाहरूलाई रास्कोट नगरपालिकाकाे क्वारेन्टिनमा लैजाँदे गरेको ना ८ ख ५१३३ टिपर बिजबजार भन्ने ठाउँबाट कर्णाली नदीमा खसेको हो।

बुधवार बिहान खसेको टिप्परमा ३९ जना यात्रु रहेको जनाइएकाे छ । तीमध्ये ६ जनाको उद्धार गरिएको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक राजीव बस्नेतले जानकारी दिए। एसपी बस्नेतका अनुसार उद्दार गरिएका ६ जनालाई उपचारका लागि जिल्ला अस्पताल कालिकोट लिइएको छ। उद्दारका लागि सुरक्षाकर्मीको टोली दुर्घटना स्थलतर्फ गईरहेको उनले जानकारी दिए।
प्रकाशित मिति : June 10, 2020 at 11:57 am





