७ श्रावण २०८३, बिहिबार | Thu Jul 23 2026

भ्रष्टाचारबाट बच्न बर्खास्त हुनअघि नै रेडियो नेपालका कार्यकारी निर्देशक कार्कीले पद छाडे

१६ वैशाख, काठमाडौँ । रेडियो नेपालका कार्यकारी निर्देशक सुरेश कार्कीले भ्रष्टाचारबाट बच्न पद छाडेका छन । भ्रष्टाचारको आरोपमा सरकारले नै बर्खास्त हुनुअघि नै कार्कीले कार्यकारी निर्देशक पदबाट राजिनामा दिएका हुन । उनले सामाजिक सञ्जालबाट आफूले राजिनामा दिएको जानकारी गराएका छन । उनको यो राजिनामा भ्रष्टाचारबाट बच्नका लागि भएको बुझिएको छ । जेठ २३ गते कार्कीलाई बर्खास्त गर्नेसम्बन्धी निर्णय सञ्चार हुँदै प्रधानमन्त्री तथा मन्त्रिपरिषदकाे कार्यालयमा पुगेकाे थियाे ।

कार्कीले रेडियो नेपालको ललितपुरस्थित खुमलटार ट्रान्समिटिङ स्टेशनको ४२ रोपनी जग्गा भाडामा दिने बेलमा भ्रष्टाचार गरेको अारोपमा सरकारले कारबाही अघि बढाएको थियो । महालेखा परीक्षकको कार्यालयको ५६ औँ वार्षिक प्रतिवेदनमा समेत कार्कीले जग्गा भाडामा भ्रष्टाचार गरेको विषय उल्लेख गरेको छ । उनले सरकारलाइ झुक्याएर काम गरेको भन्दै बर्खास्त गर्ने तयारी भैरहेको थियो ।

कार्य सम्पादन मूल्याकंनमा समेत झुर देखिएका उनी सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिवसँग गरेको सम्भाैता अनुसार केही काम गर्न सकेनन् । उनी माथि मन्त्रालयले गत वैशाख तेस्रो साता सात दिने स्पष्टिकरण सोधेको थियो । स्पष्टिकरणमा मुख्य तीन कुरा उल्लेख गरिएका छन ।

प्रकाशित मिति : June 10, 2020 at 9:01 am