७ श्रावण २०८३, बिहिबार | Thu Jul 23 2026

भरतपुर अस्पतालको आईसीयूमा मृत्यु भएका कोरोना संक्रमितको नारायणी किनारमा अन्त्येष्टि

२७, जेठ, चितवन । भरतपुर अस्पतालको आईसीयूमा मृत्यु भएका कोरोना संक्रमितको अन्त्येष्टि गरिएको छ । भरतपुर महानगरपालिका– ११ का ती वृद्धको नारायणी नदी किनारको खयरघारीमा अन्त्येष्टि गरिएको हो । जिल्ला प्रशासन कार्यालयले परिवारको सल्लाहमा उनको शवलाई खाल्डो खनेर गाडिएको जनाएको छ ।

भरतपुर अस्पतालको आईसीयूबाट नेपाली सेनाको टोलीले उनको शव उठाएको थियो । मुटु, मधुमेह र उच्च रक्तचापका बिरामी वृद्धलाई चारदिन अघि नारायणी सामुदायिक अस्पतालमा भर्ना गरिएको थियो । सोमबार साँझ भरतपुर अस्पतालको आईसीयूमा रिफर गरिएका संक्रमित वृद्धको मंगलबार विहान मृत्यु भएको हाे ।

प्रकाशित मिति : June 9, 2020 at 5:11 pm