७ श्रावण २०८३, बिहिबार | Thu Jul 23 2026

प्रधानमन्त्री निवासअगाडि प्रदर्शन गर्नेलाई प्रहरीद्धारा पानीको फोहोरा र लाठीचार्ज

२७ जेठ, काठमाडौँ  । प्रधानमन्त्री निवास बालुवाटार अगाडि प्रदर्शन गर्नेहरूमाथि प्रहरीले पानीको फोहरा हानेको छ । कोरोना महामारी नियन्त्रणमा सरकार असफल भएको भन्दै प्रदर्शनमा उत्रिएकाहरुमाथि प्रहरीले हस्तक्षेप गर्दै पानीको फोहोरा हानेको हो। निषेधित क्षेत्रमा प्रदर्शनका क्रममा प्रहरीसँग झडप भएको छ।

भिड नियन्त्रण गर्ने  क्रममा प्रहरीले लाठी  हानेको छ। त्यसक्रममा विवेकशील नेपाली दलका उज्ज्वल थापालाई सामान्य चोट लागेको छ।  कोरोना भाइरसको परीक्षण पिसिआर विधिबाट मात्रै गर्न, कोरोना नियन्त्रणमा भएको भनिएको १० अर्बको हिसाब सार्वजनिक गर्न, क्‍वारेन्टाइनहरु व्यवस्थित र सुरक्षित बनाउन माग गर्दै प्रदर्शनकारीहरुले  प्रदर्शन गरेका थिए । उनीहरुले सबै नागरिककाे जीवन रक्षा गर्न पनि माग गरेका छन् ।

प्रकाशित मिति : June 9, 2020 at 2:14 pm