३० आश्विन २०८३, शुक्रबार | Sat Oct 17 2026

रुपन्देहीमा हत्या गरिएका ५ जनाको पहिचान खुल्यो

२७ जेठ, काठमाडौँ । रुपन्देहीको तिलोत्तमा नगरपालिका-१० स्थित मैनैयामा गएराति हत्या गरिएका ५ जनाको पहिचान खुलेको छ। जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार ज्यान गुमाउनेमा रूपन्देही मुगृया बालापुरका ४० वर्षीय माधव मुसहर, उनको ३७ वर्षीया श्रीमती जानकी मुसहर, ठेगाना नखुलेका १४ वर्षीय पोखराज मुसहर, रूपन्देही तिलोत्तमा १० का १६ वर्षीय करण चौधरी र १५ वर्षीय आशिष चौधरी रहेका छन्‌।

कान्छीबजारको मैनहवा स्थित स्थानीय कृष्ण पुनको भैंसीफर्ममा गएराति बञ्चरो प्रहार गरी उनीहरुको  हत्या भएको हो। घटनाको विषयमा थप अनुसन्धान जारी छ ।

प्रकाशित मिति : June 9, 2020 at 8:46 am

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/