आज लकडाउनको ७३ औँ दिन, उपत्यकाका मूख्य सडकहरुमा सवारी साधनको चाप बढ्याे
२२ जेठ, काठमाडाैँ । सरकारले जारी गरेको लकडाउको आज ७३ दिन पुगेको छ । कोरोना भाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रणका लागि सरकारले गत चैत ११ गते यता लकडाउन गर्दै आएको छ । जेठ ३१ गते सम्मका लागि लकडाउन लम्ब्याइएको छ । लकडाउन लम्बिदै जाने तर संक्रमणको जोखिम कम नहुने देखिएपछि अहिले लकडाउनको उलङ्घन हुन थालेको छ । बिहीबार काठमाडौँ उपत्यकाका मूख्य सडकहरुमा सवारी साधनको चाप बढेको छ । लामो समय लकडाउन हुँदा जनजीवन सँगसँगै आर्थिक जीवन समेत प्रभावित हुन थालेपछि मानिसहरु काममा निस्कन थालेका छन् ।

त्यसैले सडकमा सवारी साधनको चाप बढेको हो । प्रहरीले सवारी साधनको जाँचलाई केही खुकुलो बनाएको देखिन्छ । अत्यावस्यक सेवा, ढुवानी सेवा, पासवाहक सवारी साधन बाहेक पनि सरकारी कर्मचारी, बैंकका तथा उद्योग प्रतिस्ठानका कर्मचारीलाई परिचय पत्र हेरी सवारी सञ्चालन गर्न दिइएको छ । कुनैपनि संस्थाको परिचयपत्र बिना सवारी चलाउनेलाई भने प्रहरीले नियन्त्रणमा लिई कारबाही गरेको छ ।
उपत्यकाका भित्रि सडकहरुमा पनि मानिसहरुको आवागमन बाक्लो बनेको छ । सबै प्रकारका पसलहरु खुलेका छन् । मानिसहरु किनमेलका लागि निस्केको देखिन्छ । साना व्यवसायीहरुको संगठन नेपाल राष्ट्रिय व्यवसायी महासंघले आजै देखि पसलहरु खुला गरेका छन् । काठमाडौंको न्यूरोड, भोटेबहाल, भोटाहिटी लगायतका ठाउँका पसलहरु बिहान ८ बजेदेखि ११ बजे सम्म सञ्चालनमा आएका छन् । निजी क्षेत्र तथा विज्ञहरुले पनि लकडाउनको ढाँचा परिवर्तन गरी जनजीवनलाई सहज बनाउन सुझाव दिदै आएका छन् ।
प्रकाशित मिति : June 4, 2020 at 1:18 pm





