गण्डकी प्रदेशमा एकैदिन १६ जना कोरोना संक्रमित थपिए
२२ जेठ, काठमाडाैँ । गण्डकी प्रदेशमा थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएकाे छ । पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा गरिएको परिक्षणमा बाग्लुङका १० जना, पर्वतका ४ जना स्याङ्जाका १ जना र म्याग्दीका १ जना संक्रमित भेटिएका हुन्। संक्रमितहरुमा बाग्लुङको निसीखोला गाउँपालिकाका वर्ष २२ र २९ का २ जना पुरुष र वर्ष ३३ का १ जना महिला रहेका छन्। बाग्लुङकै बडिगाड गाउँपालिकाका वर्ष १६, २०, २१ र २५ का ४ जना पुरुष छन् भने बाग्लुङकै गल्कोट नगरपालिकाका वर्ष २०, २२ र २३ का ३ जना पुरुष रहेका छन्। उनीहरु सोही ठाउँहरुमा स्थानीय तहले बनाएको क्वारेनटाइनमा बसेका थिए।

यस्तै, पर्वतको फलेबास नगरपालिका घर भई कुश्मा नगरपालिकाको क्वारेनटाइनमा रहेका वर्ष २१ का दुई जना पुरुष, बिहादी गाउँपालिका घर भई कुश्माकै क्वारेनटाइनमा बसेका बर्ष २४ र २८ का २ जना गरी पर्वतमा ४ जना नयाँ संक्रमित पुष्टि भएका छन्। म्याग्दीको मंगला गाउँपालकाको क्वारेनटाइनमा रहेका वर्ष १९ का १ जना र स्याङ्जाको कालिगण्डकी गाउँपालिकाको क्वारेनटाइनमा रहेका १८ वर्षिय १ जना पुरुषमा संक्रमण पुष्टि भएको छ।
प्रकाशित मिति : June 4, 2020 at 11:24 am





