थप २०१ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितकाे संख्या २ हजार ३ सय पुग्याे
२१ जेठ, काठमाडौँ । बुधबार एकैदिन २०१ जना काेराेना भाइरस संक्रमणका नयाँ विरामीहरु भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाका अनुसार बुधबार थप २०१ जनामा संक्रमण देखिएको छ । याेसँगै नेपालमा काेराेना संक्रमितकाे संख्या २ हजार ३ सय पुगेकाे छ ।
पछिल्लो २४ घण्टामा १२ जना डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या २७८ पुगेको छ । जसमध्ये अहिलेसम्म ९ जनाको मृत्यु कुल ६४ जिल्लामा कोरोना संक्रमणका बिरामी देखिएको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : June 3, 2020 at 4:44 pm





